ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बंग्याउन कोसिस भए, वास्तविकता जनतालाई थाहा छ, अविस्मरणिय बन्यो एमालेको महाधिवेशन

लुम्बिनी दर्पण २०७८ मंसिर १४, मंगलवार १५:४९
[sharethis-inline-buttons]

झनक केसि, अर्घाखाँची
मंसिर गते बेलुका ८ बजे देखि अर्घाखाँची शितगंगाको सितापुरबाट यात्रा सुरु हुन्छ, बसमा जनतन ४० बिभिन्न टोलबाट खटिएका कमिटिमा आवद्ध भएका दाजुभाईहरुको रमाईला कुरा बसले डेकमा बजाएका मिठा भाकाका गित सुन्दै सहज तरिकाले दाउन्ने २ बजे पुगियो । त्यसपछी झन्डावाला गाडिहरु सार्बजनिक यातायातका चापले जाम हुन सुरु भयो बाटो निकै अप्ठ्यारो रैछ बाटोमा तुवालो (कुइरो) लागेर नजिकको बाटोपनि नदेखेर ड्राइभरलाई पनि निकै कष्ट भएको अबस्थामा करिब बिहान ५ बजे नवलपुर पुगियो त्यहाँ पुग्दा पार्किङ्नै थिएन । बिहानै हजारौ मानिसको भिड देखियो गाडिबाट उत्रिएर चिया पसलमा पसियो बस फर्काएर पार्किङ् खोज्दै करिब २ किलो मिटर फर्कियो अनि चिया पसलमा पानिको बोतल किनेर मुख धुन थालिलो अनि पसल भिडभाड जता ततै ट्वाइलेट जाम बाटो जाम सुरु भै सक्यो, चिया उभिएर पिइयो अनि पैद्लयात्रा सुरु गरियो ।

चिसो तुवाँलो लागेर बाटोनै देखिएको थिएन बाटोमा मानिसको भिड पुलमा पुग्न १ घण्टा लाग्यो। पसिनाले शरीर भिज्यो बस्ने ठाउनै छैन छिटो पुगियो भने अगाडिनै बस्न पाइन्छ भन्दै पुलको गेटमा पुग्दा रमाइलो झिलिमिलि देखियो । बल्ल निद्रामा रहेको ज्यान अलि खुल्यो ।

बाहिरी तत्वहरुले भेडा हुन भनेर कुन्ठा पोख्नेहरु बास्तबिकता देखि डराउनेहरुलाई के भनौँ। आफ्नै खर्चमा हामि गएका छौँ। आफ्नै पैसाले बाडिचुडि काँचो, पाकेको खाना, नास्ता पकायर र केहि किनेर खायौ एकले अर्कालाई पुग्दो नपुग्दो घरबाट ल्यायको मकै भट्ट बाड्यो॥ पुग नपुग बचेको पैसाले मासु भात खायौ॥ तैपनि आफुलाई भाग्यशालि ठान्यौँ गाडि धेरै भयर होला॥ ४ कि.मि. वरबाट हिडेर कार्यक्रममा सहभागि भयौँ ॥

फ्रेस हुन भनि नारायणघाट बजार पस्दा बजारपनि नेपाल अधिराज्य भरिका जनताले त्यति नै भरियको रहेछ । कुनै सम्भवनै भएन मानिसको भिड मनमा केपि वलि र एमालेका नाराहरुले चितवन बजार गुन्जिएको थियो कहाँ जाऔ कता जाऔ भन्दै यत्रतत्र हुदा साथिहरु आफ्नै तालमा छुटिन पुगेछन । स्टेज नजिकै पुगेर हेर्दा सजावटले भरीएको नेपालको झण्डा, सुर्य अन्कित झन्डा, हसिया हतौडा एमालेको झण्डाले भरिभराउ देख्दा कुनै स्वर्ग भन्दा कमि थिएन रमाइलो लागि रहेको थियो। नारायणी नदिमा डुङ्गाहरु आवत जावत गर्दै मस्त पैसा कमाइ रहेका थिए। डुङ्गामा सजिएको नेपालको झन्डा अनि सैपनी एमाले मै पनि एमाले भन्ने गित बजाएर आनन्द गर्दै सेल्फी लिदै रमाइलो गरिरहेका थिए नारायणि नदि पारी पट्टि ठूलो ब्यानरमा “जनताको बहुदलीय जनबाद जिन्दावादले” सबैको मन तानेको देखियो प्राय सबैले फोटो खिचाएका थिए।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहँदा प्लेनबाट फूल बर्साइएको छ । शुक्रबार नारायणी नदी किनारमा पार्टीको १०औँ महाधिवेशनको उद्घाटन समारोहलाई अध्यक्ष ओलीले सम्बोधन गरिरहेका बेला प्लेनबाट फूल बर्साइएपछि अझ रौनक बढेको थियो। मिडियाकर्मिहरुलाई मेन स्टेजको दायाँ साईटमा ठूलो स्टेजमा छुट्टै ब्यबस्थापन रैछ त्यहाँ माथिबाट फोटो खिच्दा क्यामरामै अटाएन विभिन्न रास्टि«य मिडियाले प्रत्यक्ष प्रसारण गरिरहेका थिए । ड्रोनबाट फोटोसुट गरिरहेका थिए हजारौंको संख्यामा रातो जाकेट र टोपिमा तैनाथमा स्वयंसेवकको ब्यबस्थापन देखिएको थियो पुलबाटै सुन्न सकिन साउन्ड सिस्टम विभिन्न ठाउमा राखिएको स्कृनले सबैको मन जितेको थियो।

अन्ततः त्यतिकैमा बेलुका ५ बजे फर्केने बेला भै सक्यो। मानिसको आउने जाने भिडलाई छोडेर फर्कने तिर लाग्यो साथिहरु लाई सम्पर्कमा ल्याउनु पर्यो भनेर फोन गरियो फोन कतै कसैको लागेन ४० जना मध्ये १० जना जनतन भेट भयौ। अनि फर्कने तयार भैयो । अनि पुलको नजिक आउदा जनमासको भिडले करिब ४ घण्टा पुलको छेउमै भिडमा फसियो कसैको केही लागेन पारिपुल भरी भराउ चोकबाटै छिर्न सकिएन ।

पुलको त्यो जाम सुनियोजित ढङ्गलेपनि हुन सक्छ भन्ने धेरैको हल्ला सामाजिक सन्जाल तातिएको रहेछ मानिसको भिड फर्कने कर्ममा चितवनको पुल काण्ड झट्ट हेर्दा २ ओटा एम्बुलेन्समा बिरामी सुताएझै गरेर नाटक गर्ने, दैनिक पत्रीकाको २ ओटा स्कार्पियोले पुलको मुख्य गेट्मा बिग्रेको भन्दै छड्के पार्किङ्ग गर्ने भिड नियन्त्रण गर्न सयैमा खटिएका सुरक्षाकर्मी पुलमा माथीबाट सेल्फी खिच्ने, पुलको बारमा हजारौ मानिसलाई दुबै साइट्बाट हिडन लगाउने अनि बिचमा पुगेपछी फर्काउने मानिसलाइ कुकुरको ब्यबहार गर्ने जस्ता दृश्य देखियो बिचित्र देखियो । सधै अप्रत्यासित काण्ड घट्ने चितवनलाई बिदा गर्न मन त थिएन तर हामि पश्चिमका पश्चिम लाग्यौ

पुर्वका पुर्व लाग्यौ साझ फर्किदा ४ किमि हिड्यौ हजारौ गाडिमा आफु आएको गाडि खोज्न थाल्यौ मुस्किलले २ घन्टामा बल्ल भेट्यौ सधै ९ घन्टा लाग्ने तर त्यो समय १९ घन्टामा घर पुग्यौ सहभागि हुन पाउदा सबै पिडा खुसिमा परिणत भयो । तर अन्य पार्टिका साथिहरुले भेडा चर्न गयका भनेछन् मासु भात खुवायर पैसा दियर ल्यायको भनेर बास्तबिकता ।

लाई बङ्गयाउन हजार कोसिस गर्नुभएछ । बास्तबिकता त जनतालाई थाहा छ । त्यो बेलामा कसरी घर पुगौ भन्ने सबैको मन मस्तिस्कमा थियो केही थाहा भएन घरपुगेको २ दिन पछि चितवनलाई फर्केर हेर्दा सम्झदा वाकै जिवनमा धेरै घुमियो धेरै ठाउँ घुमियो धेरै बर्ष बिदेश बसियो तर यो नै जिवनको अबिस्मरणिय क्षण बन्यो ।

झनक केसि
सामाजिक अभियानकर्ता तथा सञ्चारकर्मी हुन् ।


प्रकाशित : २०७८ मंसिर १४, मंगलवार १५:४९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
प्रतिक्रिया

यो पनि पढौँ

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

बितेका दिन, बाँचेका अनुभूति

महाधिवेशन एक दिन , एक घण्टा पनि सर्दैन- गगन थापा

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भविष्यको खोजीमा मेरो यात्रा

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

जीवनका निर्णय

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech