
लुदअ, कपिलवस्तु
युग र जनताको मागलाई आत्मसाथ गर्दै अगाडि बढेको कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ मा चौथो वडा स्तरीय ब्याटमिन्टन प्रतियोगिता सम्पन्न गरिएको छ । ४० बर्षमाथिका र ४० बर्ष मुनिका गरि दुई समूहमा भएको खेलमा ८ र १० टिमको सहभागिता रहेको थियो ।
४० बर्षमाथि उमेर समूहमा भएको ब्याटमिन्टन प्रतियोगिताको उपाधि राम चन्द्र अर्याल र मनोहर कुमार योगीको समूहले हात पारेको छ भने उप विजेता सोमनाथ अर्याल र नारायण खनालको समूह भएको छ ।
४० बर्षमाथि उमेर समूहतर्फ उपाधि हात पार्नेले नगद रु. नौ हजार, प्रमाण पत्र र कप प्राप्त गर्नूभएको छ भने उपविजेता हुनेले नगद रु.६ हजार, प्रमाण पत्र र कप प्राप्त गर्नुभएको छ । यस्तै ४० बर्ष मुनि उमेर समूहमा ब्याटमिन्टन प्रतियोगिताको उपाधि कमल डुम्रे र टेक बहादुर रानाको समूहले प्राप्त गरेको छ भने उपविजेता आदित्य चौधरी र रविन गहतराजको समूह भएको छ । उपाधि हात पार्ने डुम्रे र रानाको समूहले रु. नौ हजार, प्रमाण पत्र र कप प्राप्त गरेको छ भने उपविजेता हुने चौधरी र गहतराजको समूहले नगद रु.६ हजार, प्रमाण पत्र र कप प्राप्त गरेको छ ।
खेलकुदले व्यक्तिको शारिरीक, मानसिक तथा संवेगात्मक पक्षको विकास गर्ने र देशलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तको रुपमा चिनाउने वडाध्यक्ष सोमनाथ अर्यालले बताए ।