धनेशपुर खेल मैदनामा अन्तर कपिलवस्तु फुटबल प्रतियोगीता सुरु

[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, पुस १७

अन्तर कपिलवस्तु फुटबल प्रतियोगीता कपिलवस्तुको बाणगंगा ८ चप्परगाउँमा सुरु भएको छ । “स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद” भन्ने मुल नाराका साथ नवदुर्गा भवानी क्लवको आयोजनामा प्रतियोगिता सुरु भएको हो । बाणगंगा ८ चप्परगाउँको धनेशपुर खेल मैदानमा सूरु भएको फुटबल प्रतियोगिताको संविधान सभा सदस्य बलराम अधिकारीले उद्घाटन गरेका हुन् ।

उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अधिकारीले प्रतियोगिताले यस क्षेत्रका स्थानिय खेलाडीलाई हौसल प्रदान गर्ने बताए । उनले यस क्षेत्रको खेल विकासका लागि प्रतियोगिताले अहम भुमिका खेल्ने बताए ।

स्थानीय स्तरका खेल प्रेमी खेलाडीको मनोबललाई उच्च बनाई खेल सिप थप विकास होस भन्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको क्लवका अध्यक्ष बम बहादुर उचई (ठकुरी) ले जानकारी दिए ।

उद्घाटन खेलको पहिलो खेल अन्तर्गत बनगाई फुटवल क्लव बनगाई र कंचनजंघा युवा क्लव गोरुसिंगे बिच प्रतिस्पर्धा भएको थियो । जसमा २–० गोल अन्तरले बनगाईले जित हात पारेको छ भने राकेश थारु म्यान अफ म्याच बनेका छन् ।

त्यस्तै दोस्रो खेलमा नवदुर्गा भवानी क्लव चप्परगउँ सेतो र सनराईज युवा क्लव सिमलखोर भिडेका थिए । जसमा ३–१ गोल अन्तरले नवदुर्गा युवा क्लव सेतोले जित हात पारेको छ । जसमा किरण किरणा थापा म्याच अफ द म्याच घोषित भएको खेल संयोजक विरेन शाहीले जानकारी दिएका छन् ।

कार्यक्रममा आयोजक क्लवका अध्यक्ष बम बहादुर उचाईको अध्यक्षता तथा सचिव बाबुराम अर्यालको सञ्चालन रहेको थियो । प्रतियोगितामा पहिलो हुने टिमले नगद रु. ३० हजार, दोस्रो हुनेले रु. २० हजार, तेस्रो हुनेले रु. ५ हजार सहित सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।


प्रकाशित : २०७७ पुष १८, शनिबार ०१:३५