पुष्पलाल स्मृति रााष्ट्रिय व्याडमिन्टनका लागि कपिलवस्तु व्याडमिन्टन टोली प्रस्थान

[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, पुस २७
१० औं पुष्पलाल स्मृति रााष्ट्रिय व्याडमिन्टन प्रतियोगिता भाग लिन जाने कपिलवस्तुको टोलीलाई आज विदाई गरिएको छ । सिराहको गोल बजारमा हुने उक्त प्रतियोगितामा कपिलवस्तुका पाँच जना खेलाडीले भाग लिने छन् ।  यहि पुष २९ देखि सुरु हुने प्रतियोगिता माघ ३ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।

कपिलवस्तु खेलकुद विकास समितिका कार्यालय प्रमुख मिन प्रसाद पौडेल, अखिल फुटबल संघका अध्यक्ष तिलक थापा, कपिलवस्तु योगा खेलकुद संघका अध्यक्ष दिपक पन्थी लगायतले खेलाडीहरुलाई विदाई गरेका थिए ।

त्यस्तै विदाई गर्दै टोलीलाई राम्रो खेल प्रस्तुतिको शुभकामना समेत दिईएको छ । कपिलवस्तुबाट एक जना प्रशिक्षक सहित ६ जनाको टोली प्रतियोगितामा भाग लिन गएका हुन् ।


प्रकाशित : २०७७ पुष २७, सोमबार १४:४९