Latest Posts

कांग्रेसको ५७ जिल्लाको वडा अधिवेशन सकियो

काठमाडौँ ,असोज १ नेपाली...

भारतमा थप ३४ हजार ४०३ जनामा कोरोना सङ्क्रमण पुष्टि

नयाँ दिल्ली , आश्विन...

चिनबाट ४४ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो

काठमाडौं ,आश्विन १ नेपालले...

एक हप्ताभित्र मन्त्रिपरिषद विस्तार हुन्छ :नेता नेपाल

काठमाडौं ,आश्विन १ नेकपा...

Latest Posts

कांग्रेसको ५७ जिल्लाको वडा अधिवेशन सकियो

काठमाडौँ ,असोज १ नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत ५७ जिल्लाको वडा तहको अधिवेशन सम्पन्न भएको छ । क्रियाशील सदस्य छनोटमा विवादित बन्दै सुरु भएको अधिवेशनमध्ये हालसम्म ५७ जिल्लाको वडा तहको अधिवेशन सकिएको हो । तर , अझैँ १३ जिल्लाको वडा अधिवेशन भने अन्योल नै रहेको छ । Facebook Comments Box

Arv

l

राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै

लुदअ माघ १९, काठमाण्डौ
राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै छन् ।

आजको पहिलो खेलमा विराटनगर महानगरपालिका र त्रिभुवन आर्मी क्लब खेल्दै छन् ।

खेल बिहान साढे ११ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । अहिलेसम्म खेलेको चार खेलमा विराटनगरले दुईमा जित एकमा बराबरी र एकमा हार ब्यहोरेको छ ।

विराटनगर तालिकाको सातौं स्थानमा छ । यस्तै आजै हुने अर्को खेलमा एपीएफ क्लब र उदयपुरको चौदण्डीगढी नगरपालिका खेल्दै छन् । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा नै दिउँसो साढे २ बजे हुनेछ ।

अहिलेसम्म खेलेका पाँच खेलमा पाँचौं खेल जितेको एपीएफ आज पनि जित निकाल्दै अपराजित यात्रा कायमै राख्न चाहन्छ । चौदण्डीगढी भने चार खेलमा सबैमा हार ब्यहोर्दै तालिकाको पुछारमा छ ।

प्रतियोगिता अन्तर्गत हिजो भएको खेलमा नेपाल पुलिस क्लबले चन्द्रपुर नगरपालिकालाई ३–१ गोल अन्तरले हराएको थियो ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *