कपिलवस्तुको मायादेवी र शुद्धोधनमा डोरीतान संघ गठन

[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, माघ २६

कपिलवस्तु डोरीतान संघले सोमबार (आज) एकैदिन दुई डोरीतान संघ गठन गरेको छ । संघले कपिलवस्तुको मायादेवी गाउँपालिका र शुद्धोधन गाउँपालिकामा डोरीतान संघ गठन गरेको हो । संघले मायादेवी गाउँपालिकामा सुनिल कुमार चौधरीको अध्यक्षतामा १९ सदस्यीय मायादेवी मायादेवी गाउँपालिका डोरीतान संघ गठन गरेको छ । त्यस्तै उता शुद्धोधन गाउँपालिकामा २१ सदस्यीय शुद्धोधन गाउँपालिका डोरीतान संघ गठन गरेको छ ।

डोरीतान संगठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै शुद्धोधन गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष तिलकराम यादवले कपिलवस्तुको दक्षिण भेगका बालबालिका लगायतलाई संगठित गरि यस्ता खेलकुद संगठनको विस्तार गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।

त्यस्तै उता मायादेवी गाउँपालिकाका अध्यक्ष वजरंगी प्रसाद चौधरीले विस्तारित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै गाउँपालिकाभित्र खेलकुदका गतिविधिलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभएको थियो । त्यस्तै लुम्बिनी डोरीतान संघका प्रदेश सदस्य रोम बहादुर थापाले मदेशी समुदायका बालबालिकाहरु अब अग्रसर हुनुपर्ने भन्दै खेलकुद क्षेत्रमा संलग्न हुन आग्रह गर्नुभएको थियो ।

आफ्नो समुदायमा विस्तारित यस संगठनले खेलकुदका कार्यक्रम आयोजना गरि समाज सकारात्मक सन्देश दिनुपर्ने बताउनुभएको थियो । कपिलवस्तु डोरीतान संघका अध्यक्ष मीनराज बेल्वासेले दक्षिण भेगमा पिछडिएका समुदायहरुमा यस्ता खेलकुद सम्बधी संगठनहरुको विस्तारले पनि एक सकारात्मक सन्देश दिने विश्वास व्यक्त गर्नुभएको छ ।

“राष्ट्रको लागी खेलकुद, स्वास्थ्यका लागी खेलकुद” भन्ने मुल नाराका साथ अघि बढेको कपिलवस्तु डोरीतान संघले पछिल्ला दिनहरुमा कपिलवस्तुका विभिन्न नगरपालिका तथा गाउँपालिकाहरुमा आफ्ना संघहरुको विस्तारलाई तीब्रता दिएको छ ।


प्रकाशित : २०७७ माघ २६, सोमबार १६:०८