
हरि आचार्य कपिलवसतु, माघ २९
ब्रिटिस काउन्सिलद्धारा आई.एस.ए. अवार्ड प्राप्त गर्न सफल जिल्लाको एक मात्र पहिलो विद्यालय ज्ञानपुञ्ज बोर्डिङ स्कुलमा खेल सप्ताह सुरु भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका २ राजपुर स्थित उक्त विद्यालयको आयोजनामा एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमलाल अधिकारीले खेल सप्ताहको उद्घाटन गरेका हुन् । खेल सप्ताह कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले खेलले मानव जीवनलाई स्वस्थ राख्नुका साथै विजयी प्राप्त गर्नका लागी थप उर्जा प्रदान गर्ने बताए । उनले यस्ता कार्यक्रममा विद्यार्थीहरुले उत्साहजनक सहभागिता जनाउनु पर्नेमा जोड दिएका छन् ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्र पाण्डेले खेलले मनोरञ्जन प्रदान गर्नुका साथै शारिरीक, मानसिक वृद्धि विकासमा महत्वपूर्ण खेल्ने जिकीर गरेका थिए । त्यस्तै उनले खेल सप्ताह संचालन हुदाँ विद्यार्थीमा एक किसिमको छुट्टै उत्साह तथा उर्जा देख्न पाईने बताएका थिए । प्रिन्सिपल पाण्डेले खेलमा विद्यार्थीहरुले निकै उत्साहजनक रुपमा सहभागिता जनाएको बताए ।
स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी भन्ने मुल नाराका साथ सुरु भएको खेल सप्ताहको पहिलो चरणमा विभिन्न खेलहरु सम्पन्न भएका छन् । जुनियर तर्फ कक्षा ३ सम्म म्युजिकल चियर, थ्रेड एण्ड मिडल, एक सय मिटर दौड तथा चम्चा दौड भएको छ ।
त्यस्तै कक्षा ४ देखि ६ सम्मका विदयार्थी तर्फ छात्रमा फुटबल र छात्रामा कबड्डी सम्पन्न गरिएको छ । उता सिनियरतर्फ कक्षा ७ देखि १० सम्मका छात्रतर्फ पनि क्रिकेट र छात्रातर्फ कबड्डी खेल सम्पन्न भएको विद्यालय प्रशासनले जानकारी दिएको छ ।
भिडियो पनि हेर्नुहोस्