तिलोत्तमा नगरपालिकामा सम्पन्न ढुंगाना स्मृतिकपको उपाधी लुम्बिनीलाई

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सम्पन्न सर्बोत्तम सिमेन्ट सुनिल ढुंगाना स्मृतिटि १० नकआउट क्रिकेट प्रतियोगिताको उपाधी लुम्बिनी नवयुवा क्लबले उचालेको छ । आज सम्पन्न फाइनल खेलमा लुम्बिनीले आर. आर. चिलियालाई ७१ रनको फराकिलो अन्तरले पछाडि पार्दै उपाधी जितेको होे ।

पहिले ब्याटिङ ग।रेको लुम्बिनीले निधारित १० ओभरको खेलमा १ सय २५ रनको योगफलतयार पारेको थियो । १ सय २६ रनको बिजयीलक्षका साथ ब्याटिङ थालेको चिलिया ५४ रनमै समेटिएपछि लुम्बिनी विजयी भएको होे । लुम्बिनीले नगद १ लाखको साथमाकप, मेडल र प्रमाणपत्रप्राप्त गरेको छ । प्रतियोगितामाउपबिजेताबनेको आर. आर चिलियाले ५० हजार नगद पुरस्कार सहतिकप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा लुम्बिनीका जाबेद अलिम्यानअफ द म्याच बने । म्यानअफ द सिरिजको आर. आर चिलियाका बासी अहमदले नगद १० हजार र बेष्ट बलर बनेका तिलोत्तमा क्रिकेट एकेडेमीका श्याम खरेलले नगद ५ हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताका बिजेतालाई प्रमुख अतिथि सर्बोत्तम सिमेन्टका क्षेत्रियबजार व्यावस्थापक रमेश ढकाल, बिशिष्टअतिथितिलोत्तमानगर खेलकुद समितिका संयोजक राजेन्द्र गुरुङ लगायतले पुरस्कार बितरण गर्नुभएको थियो ।


प्रकाशित : २०७७ फाल्गुन १९, बुधबार १३:४२