रुपन्देहीको शिवपुर मा वि मा ४ कोठे भवन शिलन्यास

[sharethis-inline-buttons]

२१ मणिग्राम
प्रकाश गौतम
पुर्व मन्त्री तथा रुपन्देही क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले शिक्षाको बिकाशले मात्र समाजको बिकाश सम्भव हुने बताउनु भएको छ । उहाले शिक्षाले मात्र समाजको बिकाश क्रम अगाडि बढने बताउदै ,रुपन्देहीको समग्र बिकाशमा आफु लागी परेको उल्लेख गर्नु भयो ।
रुपन्देहीको तिलोत्तमा ११ शिबपुरमा रहेको शिवपुर माध्यमिक बिद्यालयको ४ कोठे भवनको शिलन्यास गर्दै उहाले सो कुरामा जोड दिनु भएको हो ।
कार्यक्रममा बिद्यालयका अध्यक्ष बुद्धिसागर भट्टराइले सरकारी बिधालयलाई हेर्ने दृस्टीकोण परिबर्तन नहुदा सम्म शिक्षाले फडको मार्न नसक्ने भन्दै बिद्यालयको शैक्षिक बिकामा आफु लागी परेको बताउनु भयो । कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक ज्ञान प्रसाद भट्टराई,शिक्षक इश्वरी ज्ञवाली लगायत बोल्नुभएको थियो ।


प्रकाशित : २०७७ फाल्गुन २१, शुक्रबार १३:३८