
बुटवल फागुन २५। २०७७ सालको कक्षा १० को एसईई परीक्षा जेठको दोश्रो साताबाट हुने भएको छ । आज बसेको बोर्ड बैठकले एसईई परीक्षा सञ्चालनको मिति तय गरेको हो । परिक्षा जेठ १३ देखि २४ गते सम्म हुने निर्णय गरिएको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का नियन्त्रक रामराज खकुरेलले जानकारी दिए । कोरोना भाईरस कोभिड १९ का कारण पठन पाठनमा समस्या भए पछि यो बर्ष परीक्षा दुई महिना ढिलो हुने भएको हो । विद्यालय तहको नयाँ शैक्षिक शत्र २०७८ को पढाइअसारदेखि शुरु हुने सरकारले यस अघि नै निर्णय गरी जानकारी दिएसकेको छ ।
‘विगतका वर्षका भएका परिक्षाकै शैलीमा परीक्षा सञ्चालन हने गरी यो निर्णय गरिएको हो । कक्षा १२ को अन्तिम परीक्षा भने जेठको २६ देखि असार ४ गते सम्म गर्ने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।

