बुद्धभुमि नगरस्तरीय उसु प्रतियोगिता : मावि इमिलिया प्रथम

लुदअ, कपिलवस्तु
राष्ट्रका लागी खेलकुद स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथ बुद्धभुमि नगरस्तरीय उसु प्रतियोगिता मंगरवार बुद्धभुमि नगरपालिकाको खेल मैदानमा सम्पन्न भएको छ । बुद्धभुमि नगरपालिकाको आयोजना तथा जिल्ला उसु संघको संयोजनमा भएको प्रतियोगितमा बुद्धभुमि नगरपालिका भित्र रहेका ३ बोडिगं स्कुल र एक सरकारी विद्यालय गरी ४ विद्यालयका छात्र छात्राहरुको सहभागीता रहेको थियो ।

सो उसु प्रतियोगितामा मावि इमिलियाको टिम प्रथम भएको छ भने आर्दश इग्लीस बोडिङ्ग स्कुलको टिम द्धितिय र सिद्धार्थ मेमोरियल इग्लीस बोडिङ्ग  स्कुलको टिमले तेश्रोस्थान हासिल गरेका थिए । विजयी टिमहरुलाई बुद्धभुमि नपाका प्रशासकिय अधिकृत राजन पोखरेल, शिक्षा अधिकृत कृष्ण भट्टराई वडा न ४का वडा अध्यक्ष पवन कुमार थारु, पत्रकार नन्दराम पौडेल, उसु संघकी सचिव सुमित्रा भट्ट्राई लगाएत अतिथीहरुद्धारा मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको जिल्ला उसुसंघका अध्यक्ष दत्त प्रसाद पाण्डेको अध्यक्षता, समिति सदस्य कृष्ण भट्टराईको संचालन र उसु संघको जिल्ला सचिव सुमित्रा भट्ट्राईको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगितामा ४ विद्यालयका ४० बढी विद्यार्थी सहभागी रहेका थिए ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *