
लुदअ, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिकामा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगितामा आज दुई खेल सम्पन्न भएका छन् । वडा नम्बर १ र ३ बीच आज भएको पहिलो खेलमा वडा नम्बर १ ले जीत हासिल गरेको छ । वडा नम्बर १ ले ४–० को फराकिलो गोल अन्तरले जित हासिल गरेको हो । त्यस्तै वडा नम्बर २ र ४ बिच भएको दोस्रो खेलमा वडा नम्बर २ ले जित हासिल गरेको छ ।
वडा नम्बर २ ले १–० को गोल अन्तरले संघषपूर्ण जीत हासिल गरेको हो । नगरले दिएको जानकारी अनुसार भोलि विहान ८ बजे पत्रकार र नगरपालिकाका कर्मचारीबिच मैत्रीपूर्ण खेल हुने छ । दिउँसो १ बजे वडा नम्बर २ र १० खेल्ने छन् भने दिउँसो ३ बजे वडा नम्बर १ र ६ विच सेमीफाईनल खेल हुने छ ।
भोलि जित हासिल गर्ने टिमले फाईनलमा स्थान पक्का गर्ने छन् । प्रतियोगिताको बिजेता,उपबिजेता, तेस्रो र सान्त्वना स्थान हासिल गर्ने टिमले क्रमशः ९० हजार, ६० हजार र १५/१५ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।