रामु यादव÷ शुद्धोधन
कपिलवस्तु को मायादेवी गाउँपलिका वडा नं ३ अतरपरीमा वडा स्तरीय क्रिकेट प्रतियोगिता आजबाट शुरु भएको छ ।
युवाको साथ समाज को बिकास भन्ने मुल नाराका साथ चैत्र १० गतेसम्म संचालन हुने
प्रतियोगिताको आज एक कार्यक्रमका विच वडा सदस्य वंशराजी पासीले उद्घाटन गरेका छन् । जानकी युवा क्लबको संयोजन शुरु भएको खेलमा वडाका ११ वटा टोलका १२ टीमले सहभागीता जनाएका छ्न ।
कार्यक्रम वडा सदस्य पासीको प्रमुख आतिथ्यता, विशिष्ट अतिथि वडा सदस्य नवलकिशोर पाण्डेय, अलि हुसेन मुसलमान, जीतबहादुर यादव, सूर्यनाथ स्थानिय समाजसेवी, लगाएतको उपस्थिति रहेको थियो ।
खेलमा प्रथम हुनेले नगद ८ हजार मेडल र प्रमाणपत्र
द्धितीयले ५ हजार मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।






















