मायादेवी ३ मा सम्पन्न वडा स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि अतरपरीलाई

लुदअ कपिलवस्तु, चैत १०
कपिलवस्तु जिल्लाको मायादेवी गाउपालिका वडा नं. ३ को अतरपरी गाउँमा संचालित वडा स्तरीय क्रिकेट प्रतियोगिताको फाइनल खेलमा खैराटीलाई ३ विकेटले हराउदै अतरपरीले कप तथा पुरस्कार हात पारेको छ । वडा कार्यालयको सहयोगमा जानकी युवा क्लव द्वारा आयोजित सप्ताहव्यापी प्रतियोगितामा गाउँपालिकाका ९ टीमले भाग लिएका थिए ।

विजयी टीम तथा खेलाडीहरुलाई वडा अध्यक्ष सुकदेव प्रसाद तिवारी पुरस्कार तथा कप प्रदान गरेका छ्न । टुर्नामेंटका अम्पायर हरिश्चन्द्र यादव, राजेश कलवार, मनोज वरई, दर्शन यादव तथा कमेन्टेटर परमानन्द दुबेलाई प्रमाणपत्र सहित सम्मानित गरिएको छ ।

समाजसेवी नारायण यादव, जीतबहादुर यादव, वडा सदस्य अलिहसन मुसलमान, नवलकिशोर पाण्डेयको आतिथ्यतामा तथा वडा अध्यक्ष सुकदेव प्रसाद तिवारीको अध्यक्षता तथा आयोजक विशाल सिंहको संचालनमा समापन कार्यक्रम सम्पन्न भएको थियो ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *