माथाँगढी गाउँपालिकाका प्रधानाध्यापकहरुलाई वार्षिक कार्ययोजना पेश गरेर काम गर्न आग्रह ।

[sharethis-inline-buttons]

पाल्पा ११ चैत्र
माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले गाउँपालिका भित्रका सबै विधालयले बार्षिक कार्यक्रम सहितको कार्ययोजना पेश गरी काम गर्न निर्देशन दिएका छन । पालिका भित्रका विधालयका प्रधानाध्यापकहरुको लागी दुई दिने कार्यशाला गोष्ठिमा संविधानले माध्यमिक तह सम्मको शिक्षाको सम्पुर्ण जिम्मेवारी स्थानीय सरकार लाई दिएकोले १२ कक्षा सम्मका प्रत्येक विधालयहरु स्थानीय सरकार प्रति जिम्मेवार भई काम गर्न अध्यक्ष थापाले निर्देशन दिएका हुन । अध्यक्ष थापाले सरकारले सबै सुविधा विधालय र शिक्षकहरु लाई प्रदान गरेकोले सोही अनुसार जिम्मेवार भएर काम गर्न आग्रह गर्दै आगामी दिनमा कार्ययोजनाको आधारमा राम्रो विधालयका प्रअ, शिक्षकहरु लाई पुरस्किृत गर्ने, कार्ययोजना अनुसार काम नगर्ने विधालय, शिक्षकहरुलाई दण्डित गर्ने गरी पालिकाले नियम बनाउने अध्यक्ष थापाले बताए । आउँदो शैक्षिक सत्रमा कक्षा एक देखी आठ कक्षा सम्म स्थानीय पाठ्यक्रम लागु गर्ने अध्यक्ष थापाले बताए । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु नेपाल , माथागढी गाउँपालिकाका शिक्षा संयोजक अशेष भट्टराई लगायतले बोल्नुभएको थियो । कार्यशालामा विज्ञ प्रशिक्षक घनश्याम पाठक र प्रविधी तर्फ युवराज तिवारीले सहजीकरण गरेका छन । भोलिसम्म हुने कार्यशालामा माथागढी गाउँपालिका भित्रका ४५ वटा विधालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको शिक्षा शाखाका सम्पर्क व्यक्ति गजेन्द्र पंन्थीले बताउनुभयो ।


प्रकाशित : २०७७ चैत्र ११, बुधबार १३:४१