ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

नेपालले जित्यो त्रिदेशीय फुटबल कपको उपाधि

लुम्बिनी दर्पण २०७७ चैत्र १७, मंगलवार ०१:२९
[sharethis-inline-buttons]

लुदअ, काठमाण्डौ
नेपालले त्रिदेशीय फुटबल कपको उपाधि जितेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बङ्गलादेशलाई दुई–एक ले हराउँदै च्याम्पियन बनेको हो ।

नेपालका लागि लागि खेलको १८ औँ मिनेटमा सन्जोक राईले र ४२ औँ मिनेटमा विशाल राईले गोल गरे । पहिलो हाफमा नेपालले दुई–शून्यको अग्रता बनाए पनि दोस्रो हाफमा बङ्गलादेशले एक गोल गरेको हो । बङ्गलादेशले खेलको ८३ औँ मिनेटमा गोल फर्काएको हो ।

यो जितसँगै नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । यसअघि नेपालले घरेलु मैदानमा सन् १९८४ मा दक्षिण एसियाली खेलकुद महासङ्घ ९साग० मा बङ्गलादेशलाई हराएको थियो ।

लिग चरणमा नेपालले किर्गिस्तानको ओलम्पिक टोली र बङ्गलादेशसँग गोलरहित बराबरी खेल्दै लिगमा दोस्रो स्थान बनाउँदै फाइनलमा ठाउँ बनाएको थियो । बङ्गलादेशले भने लिग चरणमा किर्गिस्तानको ओलम्पिक टोलीलाई एक–शून्यले हराउँदा नेपालसँग गोलरहित बराबरी खेलेको थियो ।

आजको जीतसँगै नेपालको गोलविहीनताको खडेरी पनि तोडिएको छ । पछिल्ला सात खेलमा गोल गर्न नसकेको नेपालले आज दुई गोल गर्दै गोलको खडेरी तोडेको हो । १० सेप्टेम्बर २०१९ मा विश्वकप छनोटमा चाइनिज ताइपेइविरुद्धको खेलमा अन्जन विष्टले गोल गरेयता नेपालले पछिल्लो १८ महिनामा गोल गर्न सकेको थिएन ।

उपाधि जितेको नेपालले पाँच हजार अमेरिकी डलर प्राप्त गरेको छ । उपविजेता बनेको बङ्गलादेशले भने तीन हजार डलर प्राप्त गरेको छ ।

यही महिना आयोजना हुने तय भएको विश्वकप छनोटका खेल स्थगित भएपछि एन्फाले विश्व कप छनोट तयारीलाई मध्यनजर गर्दै त्रिदेशीय कप फुटबल प्रतियोगिताको आयोजना गरेको हो ।

यही खेलबाट राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन् । अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिए पनि घरेलु फुटबल खेल्ने महर्जनले बताएका छन् । उनलाई खेल हेर्न पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले गार्ड अफ अनर प्रदान गर्नुभएको छ ।

खेल अवधिभर मैदानमा बिताउनुभएका प्रधानमन्त्री ओलीले नेपालले गोल गर्दा उठेर ताली बजाउँदै खेलाडीको हौसला बढाउनुभएको थियो ।


प्रकाशित : २०७७ चैत्र १७, मंगलवार ०१:२९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

मुर्गिया स्पोर्टस क्लब सैनामैना देवदह बी-लेभल पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बने

मनहरापुर ‘बी’लाई २–० ले पराजित गर्दै भग्लापुर ‘बी’ क्वाटरफाइनल नजिक

माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

टी–२० विश्वकपमा अफगानिस्तानले क्यानडालाई ८२ रनले हरायो

टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत

टी–२० विश्वकपमा पाकिस्तानले भारतसँग खेल्ने

टी–२० विश्वकप : क्यानडालाई हराउँदै दक्षिण अफ्रिकाको विजयी शुरुआत

टी–२० विश्वकप : नेपाल इङ्ग्ल्यान्डसँग ४ रनले पराजित

टी–२० विश्वकप आजदेखि : उद्घाटन खेलमा पाकिस्तान र नेदरल्यान्ड्स खेल्दै

साफ यू–१९ च्याम्पियनशिप : नेपाल बाहिरियाे, उपाधिका लागि भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech