ललितपुर मेयर कप : लुम्बिनी र प्रदेश १ खेल्दै

[sharethis-inline-buttons]

लुदअ चैत २३, ललितपुर
ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेटमा आज लुम्बिनी र प्रदेश १ खेल्दैछन् ।

खेल कीर्तिपुर मैदानमा दिउँसो एक बजे सुरु हुनेछ । हिजो भएको खेलमा मेयर(११ ले लुम्बिनी प्रदेशलाई २७ रनले हराएको थियो ।

अस्ति भएको पहिलो खेलमा प्रदेश(१ एपीएफसँग आठ विकेटले पराजित भएको थियो । प्रतियोगितामा एपीएफ, प्रदेश(१, सुदूरपश्चिम, लुम्बिनी प्रदेश र ललितपुर मेयर्स–११ सहभागी छन् । शीर्ष दुई टोलीबीच चैत २८ गते फाइनल खेल हुनेछ ।

प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।


प्रकाशित : २०७७ चैत्र २३, सोमबार ०१:३६