आइपीएल : मुम्बई इन्डियन्ससँगको खेलमा बेङ्ग्लोर विजयी

[sharethis-inline-buttons]

लुदअ चैत २८, काठमाण्डौ
इन्डियन प्रिमियर लिग ९आइपीएल० क्रिकेटको १४ औं संस्करणको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोर विजयी भएको छ ।

मुम्बई इन्डियन्सलाई दुई विकेटले पराजित गर्दै बेङ्ग्लोर विजयी भएको हो । मुम्बईको कप्तानी रोहित शर्मा र बेङ्ग्लोरको कप्तानी विराट कोहलीले गरेका थिए । चेन्नईमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ५९ रन बनाएको थियो ।

१६० रनको लक्ष्य पाएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले २० ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । बेङ्ग्लोरको जितका लागि एबी डेबिलियर्सले सबैभन्दा धेरै ४८ रन बनाएका थिए । उनले २७ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४८ रनको योगदान दिएका थिए ।


प्रकाशित : २०७७ चैत्र २८, शनिबार ०१:४२