रुपन्देहीमा तत्काल विद्यालय बन्द नहुने, स्वास्थ्य मापदण्डहको पूर्ण पालना डिसीसीएमसीको आग्रह

[sharethis-inline-buttons]

वैशाख ४, भैरहवा
रुपन्देहीमा स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गरेर विद्यालय संचालन गर्न सकिने भएको छ । जिल्ला स्तरिय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसीसीएमसी) रुपन्देहीको शनिाबार दिउसो बसेको बैठकमा जिल्लाका स्थित सम्पूर्ण स्थानिय तहहरुले आ–आफ्नो पालिका अन्तरगतका सबै विद्यालयहरुले स्वास्थ्य मापदण्डहरुको पूर्ण रुपमा पालना हुने गरी विद्यालय संचालन गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ । बैठकले कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि हाल सम्म भएको कार्यहरुको समिक्षा गर्दै बेलहिया नाका हुदै आउने नागरिकलाई सिमामा स्थापित होल्डिङ सेन्टरमा स्वास्थ्य जाच गरी संकास्पद व्यक्तिको अनिवार्य एन्टिजेन परिक्षण गरी पोजिटिभ देखिएकालाई सम्बन्धित अस्पताल वा आइशोलेशन सेन्टर पठाउने निर्णय गरेको छ । जिल्ला भित्र पालिका र बाहिरी भए जिल्लामा पठाउने व्यवस्था मिलाउने निर्णय भएको छ । त्यस्तै लुम्बिनी प्रादेशिक अस्पताल र भिम अस्पतालको क्षमता बृद्धि गर्न नेपाल सरकार र लुम्बिनी प्रदेश सरकारलाई अनुरोध गर्ने, दुबै अस्पतालमा १५–१५ वेडको स्क्रीनिङ सेन्टर बनाउने तथा कोभिड अस्पतालमा थप भेन्टिलेटर, अक्सिजन, नेबुलाइजर लगायतका सामाग्रीको व्यवस्था गर्न लुम्बिनी प्रदेश सरकारसँग बजेट उपलब्धका लागि अनुरोध गर्ने निर्णय भएको छ । त्यसै गरी जिल्लामा ३०० बेडको आइशोलेशन सेन्टर स्थापनाका लागि बजेट उपलब्ध गराउन प्रदेश र केन्द्र सरकारसँग अनुरोध गर्ने, ९ बजे सम्म मात्र सबै प्रकारका व्यवसाय संचालन गर्ने, सबै पालिकाहरुले आफनो पालिका भित्रका नागरिकको व्यवस्थापनका लागि क्वारेन्टाईन र आईसोलेसन केन्द्र तत्काल तयार गर्ने लगायतको निर्णय भएको डिसीसीएमसीका संयोजक एवम रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।
बैठकले यातायात सेवा प्रदायक संस्थाहरुले सार्वजनिक यातायातमा भिडभाड कम गर्ने, सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, सवारी साधनमा मास्क सेनिटाइजरको व्यवस्था गरी जनस्वास्थ्य मापदण्ड कडाईका साथ अनिवार्य पालन गर्नु पर्ने निर्णय गरेको हो । यस्तै स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्नेलाई संक्रमण रोग ऐनबमोजिम कारबाही गर्ने निर्णय भएकोे पनि जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकिय अधिकृत जनक थापाले जानकारी दिए ।


प्रकाशित : २०७८ बैशाख ४, शनिबार १३:५३