फर्साटिकर, बैशाख १२
राइजिङ्ग अङ्ग्रेजी निजी विद्यालय संगठन रेप्सा रुपन्देहीको १६ औ साधारण सभा तथा ९ औ अधिवेशन एवं सम्मान कार्यक्रम शुद्दोधन -४ स्थित रिद्दी सिद्दी पार्टी प्यालेसमा सम्पन्न भयो। साधारण सभा तथा ९ औ अधिवेशनको लुम्बिनी प्रदेशका आन्तरिक मामिला कानुन ,स्वास्थ्य तथा जनसंख्या मन्त्री लिला गिरिले कार्यक्रमको उद्घाटन गर्नु भयो ।सो अवसरमा रास्टको शैक्षिक विकासमा निजी विद्यालयको महत्त्वपूर्ण भुमिका रहेको बताउनु भयो ।लुम्बिनी प्रदेश सभा सदस्य तुलसी प्रसाद चौधरीले सस्थागत विद्यालयमा रोजगारमुलक शिक्षा अपनाउनु पर्नेमा जोड दिनुभयो ।पढिसकेपछी रोजगारको लागि गुहार माग्न नपरोस उहाको भनाइ थियो ।प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेलले राज्यले शिक्षामा विभेदकारी नीति लिएको आरोप लगाउनु भयो ।सामुदायिक र सस्थागत विद्यालयमा गरिएको विभेदबाट सस्थागत विद्यालयका विद्यार्थीहरुले राज्यप्रती गरिने सम्मानमा असर पुग्ने बताउनु भयो ।समाजले उच्च नैतिकता ,राष्टप्रेमी व्यक्ति खोजेको हुनाले समाजको आवश्यकता अनुसार शिक्षा प्रणालीमा परिवर्तन हुनुपर्ने प्याब्सन अध्यक्ष पौडेलको भनाइ रहेको थियोे
नेपाल अभिभावक संघ रुपन्देहीका अध्यक्ष एवं केन्द्रिय सदस्य लोकनाथ ज्ञवालीले नया ढङ्गले बालबालिकालाई शिक्षा दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा पुस्तक तथा स्टेसनरी व्यावसायिक संघ रुपन्देहीका अध्यक्ष रामकृष्ण चापगाई ,फर्साटिकर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर घर्ती ,ज्ञान् पुन्ज विद्या मन्दिर मानपकडिका प्रीन्सिपल भुमिराज जिसि लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रममा रेप्सा अन्तरगतका विद्यालयका उत्कृष्ट शिक्षक , लेखापाल ,कर्मचारी लगायतलाई सम्मान गरिएको थियो ।
सम्पन्न रेप्सा रुपन्देहीको ९ औ अधिबेशनले कमल प्रसाद पौडेलको अध्यक्षतामा सर्वसम्मत रुपमा नया कार्यसमिति चयन गरेको छ।जसको वरिष्ठ उपाध्यक्षमा ऋषिराम वस्याल , उपाध्यक्षमा रामकृष्ण खनाल ,सचिव कृष्ण गौतम ,कोषाध्यक्ष विशाल चौधरी ,सदस्यहरुमा यमनाथ सुवेदी ,ध्रुब बस्याल र विष्णु प्रसाद न्यौपाने सर्वसम्मत चयन हुनुभएको छ।त्यसै गरि लेखासमिती संयोजकमा लोक शर्मा बस्याल सर्वसम्मत चयन हुनु भएको छ।
रेप्सा रुपन्देहीका निवर्तमान अध्यक्ष कुलराज शर्माको अध्यक्षता, , ऋषिराम बस्यालको स्वागत मन्तव्य , कपिलमणी ढकालको धन्यवाद ज्ञापन रहेको कार्यक्रमको सन्चालन रामकृष्ण खनालले गर्नुभएको थियो ।
Attachments area



प्रकाशित : २०७८ बैशाख १२, आईतवार १३:०३

















