
हरि आचार्य, कपिलवस्तु
स्व. अनुराग पाण्डेको सपना नेकपा एमालेले पुरा गर्ने एमाले पोलिटब्युरो सदस्य बिमला घिमिरेले बताउनुभएको छ । कपिलवस्तुको बाणगंगा २ पिपरा निवासी नेकपा एमालेका होनहार युवा स्वर्गीय अनुराग पाण्डेको नवौँ दिनका दिन शोक सभामा उहाँले यस्तो बताउनुभएको हो । नेकपा एमाले बाणगंगा नगरपालिका वडा नं. २ वडा कमिटिद्धारा आयोजीत शोक सभामा प्रमुख अतिथिको आसजबाट शोक मन्तब्य राख्दै घिमिरेले स्व. पाण्डेको असमायीक दुःखद निधनले पार्टीमा अपुरणीय क्षती पुगेको भन्दै पाण्डेले पार्टी र देशका लागि देखेका सकारात्मक सपना एमालेले अवश्य पुरा गर्ने बताउनुभयो ।
राष्ट्रिय सभा सांसद समेत रहनुभएकी घिमिरेले स्व. पाण्डेको पार्टी प्रतिको योगदानको कदर गर्दै दुर्घट्नाबाट हुन गएको निधनले भौतिक विकास निर्माणमा अब ध्यान दिन आवश्यक रहेको बताउनुभयो । उहाँले उहाँ प्रति दिवंगत आत्मको चिरशान्तीको कामना गर्दै शोकाकुल परिवार प्रति समवेदना प्रकट गर्नुभयो ।
त्यस्तै बुटवल उप महानगरपालिकाका उप प्रमुख गुमादेवी आचार्यले अनुराग जस्ता पार्टी र देशका होनहार युवाले अकाल्मै ज्यान गुमाउन परेकोमा दुःख व्यक्त गर्नुभयो ।
त्यस्तै एमाले सचिवालय सदस्य विश्व कार्कीले अनुरागको दुःखद निधनले सिंगो पार्टी शोकमा रहेको भन्दै समवेदना व्यक्त गर्नुभयो ।
वडा कमिटि अध्यक्ष नहकुल शाहीको अध्यक्षता रहेको शोक सभामा एमाले जिल्ला ईन्चार्ज बलराम अधिकारी, पार्टीका केन्द्रिय लेखा आयोगका उपाध्यक्ष बिष्णु पन्थी, जिल्ला अध्यक्ष झविलाल पोख्रेल, उपाध्यक्ष बाबुराम खनाल, एमाले नेता डम्मर शर्मा, जिल्ला सचिवालय सदस्य शंकर पाण्डे, भेषराज पाण्डे लगायतले शोक प्रकट गर्दै स्व.पाण्डेको तस्बिरमा माल्यार्पण गर्नुभएको थियो ।
शोक सभामा स्व.पाण्डेकी माता अन्नपुर्ण पाण्डे लगायत परिवारजन, पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

