
लुदअ, माघ ८
घरेलु टोली श्रीलङ्काले जिम्बाब्वेसँगको एकदिवसीय सिरिज जितेको छ ।
गएराति तेस्रो तथा अन्तिम एकदिवसीयमा जिम्बाब्वेलाई १ सय ८४ रनले हराउँदै श्रीलङ्काले ३ खेलको सिरिज २–१ ले जितेको हो ।
श्रीलङ्काले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको जिम्बाब्वे २४ ओभर ४ बलमा ७० रनमा अलआउट भयो । जिम्बाब्वेका लागि कैटानोले सर्वाधिक १९ रन बनाए ।
जिम्बाब्वेलाई सस्तैमा समेट्न श्रीलङ्काका जेफ्री भान्डरसेले ४ तथा रमेश मेन्डीस र दुश्मन्था चामिराले २र२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५४ रन जोडेको थियो । श्रीलङ्काकाका पाथुम निशान्काले ५५ तथा चारिथ अस्लान्काले ५२ रनको अर्धशतकीय पारी खेले ।