आजको रेडियोको गुणस्तरमा बहस हुनुपर्छ -सरोकारवाला

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

रेडियोको गुणस्तरमा बहस आवश्यक रहेको एक कार्यक्रमका ब्यक्ताहरुले बताएका छन् । मिडिया बोडकाष्टिङ् कम्पनीद्दारा सच्चालित तिलोत्तमा एफ.एम ले आयोजना गरेको स्थानिय सबल र रेडियो विषय अन्तरक्रिया कार्यक्रममा ब्यक्ताहरुले सो कुरा बताएका हुन् ।
लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सन्चार मन्त्री तिलक राम शर्माले रेडियोको बिकास मा सबै जुटनुपर्ने बताउनु भयो ,उँहाले आन्तरिक मामिला तथा सन्चार मन्त्रालयले रेडियोलाई सुचिकूत गरेर रेडियोको विकासमा प्रदेश सरकारले सुरुवात गरिसकेको बताउनु भयो ।समाज रुपान्तरण का लागी रेडियोको भुमिका महत्वपुर्ण भएको भन्दै प्रदेश सरकार रेडियोहरुसँग हातेमालो गरेर अगाडि बढ्न इच्छुक रहेको भन्दै समय अनुकुल रेडियोले पनि आफ्नो प्रसारणको दायरा लाई परिमार्जित गर्दे लैजानुपर्ने बताउनुभयो ।
सोही कार्यक्रममा बोडकाष्टिङ् एसोसियन बानका लुम्बिनी प्रदेश अध्यक्ष माधव नेपालले सरकारलाई सामुदायिक र निजि रेडियोका नाममा विबेध गरेको भन्दै सरकारी नितिले निजि रेडियोहरु अप्ठ्यारोमा परेको बताउनुभयो ।समुह गठन गरेर रेडियो खोल्ने र सामुदायिक रेडियो भन्ने विकूति मौलाउँदै गएको आरोप समेत लगाउनु भयो
सामुदायिक रेडियोका अभियान्त तथा वरिष्ठ पत्रकार भरत भुसालले अहिलेका रेडियोले आफ्ना सो्रता पहिचान गर्ने नसकेको भन्दै रेडियोले लक्षित सो्रताको पहिचान गर्न सके आफ्ना कार्यक्रमलाई स्तरीय बनाउन सके रेडियोको प्रसारणमा विविधता छल्कने उँहाको भनाइ छ रेडियोमा काम गर्ने जनशक्तीको अभाव देखिन थालेको भन्दै रेडियोका पत्रकारलाई टिकने वातावरण बनाउन ,रेडियो सच्चालक देखि सरकार सम्म जिम्मेवार हुनुपर्ने बताउनु भयो ।
तिलोत्तमा नगरपालिका प्रवक्ता सुरेन्द्र श्रीले तिलोत्तमा नगरपालिकाको विकासमा रेडियोको भुमिका महत्वपुर्ण रहेको चर्चा गर्दे ,नगरपालिकाले स्थानिय रेडियोको विकासमा आवश्यक काम गरिरहेको बताउँनु भयो । कुनै सन्चार माध्यमलाई विबेध नगरिएको भन्दै ,नगरपालिकाले सन्चार माध्यमको क्षमता अभिवूद्दिमा र कार्यक्रम उत्पादनमा लगानी गरिरहेको भन्दै नगरपालिका स्थानिय रेडियोको साथमा रहेको बताउनुभयो ।
तिलोत्तमा एफ.एमका अध्यक्ष किरण पाण्डेले रेडियो विकासमा सबैलाई समेट्ने उद्देश्यले यो कार्यक्रम गरिएको भन्दै यस क्षेत्रको सामाजिक रुपान्तरणको अभियानमा तिलोत्तमा एफ.एम सधै अग्रभागमा रहिरहने प्रतिबद्दता ब्यक्त गर्नुभयो ।
मिडिया बोडकाष्टिङ् कम्पनी तथा तिलोत्तमा एफ.एम का अध्यक्ष किरण पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण रेडियोका स्टेशन म्यानेजर टिकाराम घिमिरेले सहजीकरण गर्नुभएको थियो ।


प्रकाशित : २०७८ फाल्गुन १, आईतवार १८:१३