रामु यादव
कपिलवस्तु जिल्ला को मायादेवी गाउँ पालिका वडा न. १, को वडा कार्यालय बाट आ.ब.२०७८/०७९ मा स्वीकृत वडा बडा स्तरीय सरसफाइ कार्यक्रम बाट १,न.वडा भरी रहेको सम्पूर्ण वडा भरी मा रहेको सामुदायिक विधालय ,संस्थागत बिधालय र मदरसाहरुमा सरसफाइ , स्वास्थ र कोभिड १९ को समाग्री वितरण गरिएको हो।
विधार्थीहरूको शैक्षिक स्तर उकास्न शैक्षिक अवस्था मा सुधार पुर्याउन स्वास्थ्य पूर्ण जीवन यापन गर्न कोभिड १९को महामारी बाट बच्न,शिक्षा क्षेत्र सरसफाइ मा अगाडि बढाउन को साथै बाल मैत्रीपूर्ण बिद्यालय कायम राख्न को लागि समाग्री वितरण गरिएको हो। यस कार्यक्रम मा मायादेवी गाउँ पालिका को वडा अध्यक्ष हरि गोबिन्द चाैधरी ,वडा सचिव शिव प्रकाश वर्मा, नायब पशु सहायक प्राबिधिक महेन्द्र प्रसाद कोहार ,कम्प्युटर अपरेटर्स दिप राज चाैधरी, जे टी ए अतिकुर्रहमान, समाजिक परिचालक राम चरन चाैधरी र वडा भरीमा रहेको विधालय तथा मदरसा हरु को प्रधानाध्यापकहरुको विशेष उपस्थित मा कार्यक्रम सम्पन्न भएको वडा सचिव शिव प्रकाश वर्मा ले बताउनु भयो।



प्रकाशित : २०७८ फाल्गुन १५, आईतवार २१:२४

















