रुपन्देहीको बुटवल १०मा १ हप्ते उद्घघोषण तालीम सम्पन्न भएको छ । नेपाल निर्माण तथा सम्वद्ध श्रमिक सघं बुटवल इकाइको आयोजना तथा लुम्बिनी मिडिाया हव तिलोत्तमाको सहकार्यमा तालिम भएको हो ।
उद्घघोषण तालीम समापन कार्यक्रममा बोल्दै नेपाल निर्माण तथा सम्वद्ध श्रमिक सघं जिल्ला कार्यसमिति अध्यक्ष सुर्य देवदासले तालिम निकै उपलब्धि मुलक भएको बताउनु भयो । उहाले ७ दिने यो तालिमले मानबिय बिकाशमा सहयोग गर्ने भन्दै तालिम सफलता पुर्वक सम्पन्न गरेकोमा बुटवल इकाइलाई धन्यवाद दिनु भयो । कार्यक्रममा श्रमिक सघं जिल्ला कार्यसमिति सचिव सोम थापाले यो तालिम नै सिकाइको अन्तीम बिन्दु नभएको भन्दे तालिमबाट नेतृत्वको अठोट भएकोमा खुसी ब्यत्त गर्नु भयो । लुम्बिनी मिडिया हवका कार्यबहाक अध्यक्ष देव ब थापा तथा कार्यालय प्रमुख प्रकाश गौतमले तालिम लिनु मात्र ठुलो कुरो नभएको भन्दै अब ब्यवाहारीक कार्यान्यन महत्व पुर्ण हुने बताउनु भयो ।
नेपाल निर्माण तथा सम्वद्ध श्रमिक सघं बुटवल इकाइका अध्यक्ष तिल बहादुर हिस्कीको अध्यक्षता , महिला उपाध्यक्ष भागमनी भको चौधरी स्वागतमा भएको कार्यक्रमको सन्चालन सचिव जयसिहं चौधरीले गर्नु भएको थियो ।





















