जेष्ठ ५ ।
रुपन्देहीको शुद्धोधन गाउँपालिकामा स्थानिय तहको मतगणना सम्पन्ना भएको छ । गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका विष्णुप्रसाद बस्याल र उपअध्यक्षमा नेकपा एमलेबाट शान्तादेवी ज्ञावाली निर्वाचित हुनुभएको हो। बस्यालले ७ हजार ९८३ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका किशुनचन्द्र चौधरीले ६ हजार २७० मत ल्याउनुभयो । गाउँपालिकाको उपाध्यक्षमा एमालेकी शान्तादेवि ज्ञवाली निर्वाचित हुनुभएको छ। ज्ञवालीले ६ हजार ६८२ मत प्राप्त गर्दा प्रतिस्पर्धी माओवादी केन्द्रकी शारदा भुसालले ३ हजार २५५ मत ल्याउनुभयो । त्यसैगरि शुद्धोधनको वडा नं. १ मा जनता समाजबादी पार्टीका उद्यराज गडेरिया, वडा नं. २ मा नेपाली कांग्रेसका कमल खडका , वडा नं. ३ मा एमालेका शिव खडक ,वडा नं. ४ मा नेपाली कांग्रेसका केशव अधिकारी ,वडा नं. ५ मा नेपाली कांग्रेसका चन्द्रभान चौधरी , वडा नं. ६ मा नेपाली कांग्रेसका उपेन्द्र सहानी र वडा नं. ७ मा नेपाली कांग्रेसका काभिम बहादुर यादव चयन हुनु भएको छ ।



















