जेठ ८ गते । पर्साको पर्सागढी नगरपालिका ९ बडेर्वाबाट अवैध एकजनालाई प्रहरीले एकनाले बन्दुकसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बडेर्वाकै २७ वर्षीय शिवु माझी मुसहर रहेका छन् । १२ बोरको एकनाले घरेलु बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो ।
शनिबार साँझ मुसहरलाई एक नाले भरुवा बन्दुक बोकेर बडेर्वाबाट तेलियाटोलतर्फ जाँदै गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले ईलाका प्रहरी कार्यालय एक टाँगा र अस्थायी प्रहरी पोष्ट मनवाको संयुक्त टोलीले पक्राउ गरेको हो ।
तेलिया टोल जाने सडकखण्डमा खटिएको प्रहरी टोलीलाई देख्ने वित्तिकै मुसहर भागेका थिए । लखेटेर उनलाई बन्दुक सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीविरुद्ध हात हतियार तथा खजना सम्बन्धी कसूरमा हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओेम प्रकाश खनालले जानकारी दिए ।




















