जेष्ठ १० गते । रुपन्देहीका १६ पालिका मध्या १४ पालिकाको नतिजा आएको छ र २ पालिकामा अझै अन्तिम मतपरिणाम आएको छैन । तर पालिकाहरुको अन्तिम मतपरिणाम सार्वजनिक हुँदै गर्दा जिल्ला समन्वय समिति (जिसस) गठनको रस्साकस्सी सुरु भएको छ। जिसस गठनबारे नेपालको संविधान २०७२ को धारा २२० मा व्यवस्था गरिएको छ।जिल्लाका पालिकाहरूबीच समन्वय गर्नका लागि जिसस गठन गरिन्छ। पालिकाहरूबाट निर्वाचित प्रतिनिधिबाट जिल्ला सभा गठन हुन्छ। निर्वाचनको मतपरिणाम सार्वजनिक भएको ३० दिन भित्र सभा बसिसक्नु पर्छ। उक्त सभाले जिसस गठन गर्छ।
जिससमा एक प्रमुख, एक उपप्रमुख, कम्तीमा तीन जना महिला र कम्तीमा एक जना दलित वा अल्पसंख्यक सहित बढिमा नौ सदस्य रहने व्यवस्था छ । यसमा उम्मेदवार हुने व्यक्ति गाउँसभा वा नगरसभा सदस्य हुनुपर्ने छ। पालिका प्रमुख र उपप्रमुखहरूको कुल संख्याको बहुमत रहेको पार्टीले जिसस गठन गर्छ।




















