२४ घण्टामा थप ६ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि

[sharethis-inline-buttons]

 

जेष्ठ १६ । स्वास्थ्य तथा जनसङ्ख्या मनत्रालयको अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ । पिसीआर र एन्टिजेन विधीबाट कुल २ हजार ४ सय ११ जनामा गरीएको परीक्षणका थप ६ जनामा कारोना भाईरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मनत्रालयले बताए ।

आज थप १३ जना सङ्क्रमणमुक्त भएका छन् यससँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय २ पुगेको छ । आज १३ हजार ८ सय २९ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताए।


प्रकाशित : २०७९ जेष्ठ १६, सोमबार १७:३४