तिलोत्तमा जेठ २२
प्रकाश गौतम
नारीहरुले आफुलाई कसरी सुरक्षीत बनाउने भन्ने बिषयमा रुपन्देहीको तिलोत्तमा ११ शिवपुरमा सेफ योर सेल्फ कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रमा बोल्दै मनोरोग बिशेषज्ञ बिक्रम काफ्लेले आफु सुरक्षित रहदै मानसिक रुपमै आफुलाई बलियो बनाउनु पर्ने बताउनु भयो । तिलोत्तमा ११ का वडा अध्यक्ष बिष्णु बरालले य’वाहरुको पहलमा शिवपुरमै निकै राम्रो कार्यक्र्रम ल्याएको भन्दै अब आफ्ना बाट सुरक्षित रहनु पर्ने बताउनु भयो ।
कार्यक्रममा बिबेक भन्डारी , राषनी थापा ,अस्मीता अधिकारी , सन्ध्या न्यौपानेले आफु कसरी सुरक्षीत हुने र कानुनी प्रावधानका बारेमा आफ्ना भनाई राख्नु भएको थियो ।




















