३१ जेष्ठ
बुटवल । तिलोत्तमाको न्यू लाइट स्कूलका शिक्षकको स्वीमिङ्ग गर्ने क्रममा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–१ शंकरनगरका ३० वर्षीय सन्दिप पौड्याल रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
पौड्याल सोमबार तिलोत्तमा नगरपालिका–३ स्थित बीग चियर रिसोर्टको स्वीमिङ्ग पुलमा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता पौडेलले बताए ।
घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















