
असार ४ दाङ । बर्दिया प्रहरीले भ्रष्टाचार मुद्दा लागेका आशिराम थारुलाई पक्राउ गरेको छ । बारबर्दिया नगरपालिका–१० घर भएका थारुलाई शुक्रबार गाउँबाटै पक्राउ गरेको हो ।विशेष अदालत काठमाडौँले ०७८ साल असार २३ गते भ्रष्टाचार मुद्दामा १ हजार रुपैयाँ जरिवाना तोकेको थियो । उनी सोहि समयदेखि फरार रहेका थिए ।थारुलाई पक्राउ गरि जिल्ला अदालत बर्दियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुर्य प्रकाश सुवेदीले बताए ।