गुल्मीमा विद्यार्थीको मृत्युपछि फरार डोजर चालक पक्राउ

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

असार,५ गुल्मी । गुल्मीमा सडक खन्ने क्रममा फालेको ढुंगाले लागेर विद्यार्थीको मृत्यु भएपछि फरार डोजर चालक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा रेसुङ्गा नगरपालिका वडा नम्बर–१२ निवासी शेरबहादुर बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक ९डीएसपी० माधवराज खरेलले बताए । गत जेठ २६ गते बिहान गुल्मी मुसिकोट नगरपालिका वडानम्बर–२ निवासी १४ वर्षका गगन रायमाझी स्कुल जादै गर्दा बा २ क ९४६७ नम्बरको डोजरले फालेको ढुंगाले लागेर मृत्यु भएको थियो ।
बिकलाई आफन्तको घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले बताए ।पक्राउ परेका डोजर चालक बिकलाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेर थप अनुसन्धान भइरहेको डीएसपी खरेलले बताए ।

 


प्रकाशित : २०७९ असार ५, आईतवार १५:३६