आज सुन र चाँदीको मूल्यमा वृद्धि

[sharethis-inline-buttons]

असार १३ । आज सुनको मूल्यमा प्रतितोलामा ४ वृद्धि भएको छ ।आईतबार प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य ४ सयले बढेर ९७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताए । आईतबार ९६ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको तेजावी सुन आज ९७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीको मूल्य प्रतितोलामा १० रुपैँयले वृद्धि भएको छ । चाँदी प्रतितोला १ हजार २ सय ५५ मा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी हिजो प्रतितोला १ हजार २ सय ४५ मा कारोबार भएको थियो ।


प्रकाशित : २०७९ असार १३, सोमबार १२:४८