स्यानिटरी प्याड उद्योगलाई २ अर्बको व्यापार सुनिश्चित ः अर्थमन्त्री

[sharethis-inline-buttons]

असार,१३ काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटको नीतिले स्यानिटरी प्याड उद्योग थप लाभान्वित हुने दाबी गरेका छन् ।आयातमा कर छुट गरेपनि स्यानिटरी प्याडको स्वदेशी उद्योगलाई वर्षमा २ अर्बको व्यापार सुनिश्चित सरकारले गरेको पनि उनले दाबी गरे । राष्ट्रियसभामा सोमबार बजेट बारेको छलफलमा बोल्दै शर्माले यस्तो बताएका हुन् ।प्याडमा करको हकमा सरकारले महिला समवेदना र नेपाली उद्योगको भविष्य दुवैलाई ध्यान दिएको दाबी उनको छ ।
स्वदेशी उद्योग जोगाउन वार्षिक २ सय करोडको व्यापार सुनिश्चित गरिदिएका छौं,’ अर्थमन्त्री शर्माले भने, ‘विस्तारै हाम्रा उद्योगको गुणस्तर बढेपछि आयातलाई निरुत्साहित गर्दै लौजाने हो ।’

 


प्रकाशित : २०७९ असार १३, सोमबार १६:४६