आज सुनको मूल्यमा ३ सय वृद्धि, चाँदीको मूल्य १० रुपैयाँले घट्यो

[sharethis-inline-buttons]

आषाढ १९ । आज सुनका मूल्यमा ३ सयले वृद्धि भएको छ । आज छापावाला सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाला सुन प्रतितोला ९७ हजार २ सयमा कारोबार भएको थियो । शुक्रबार प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । शुक्रबार १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


प्रकाशित : २०७९ असार १९, आईतवार १३:१५