
असार १९, काठमाडौं ।ब्राजिली फुटबल हस्ती रोनाल्डिन्होसँग रोहित चन्द खेल्न पाउनु आफ्नो लागि ठूलो अवसर भएको बताएका छन् ।
इण्डोनेसियामा व्यवसायिक फुटबल खेलिरहेका नेपाली डिफेन्डर रोहित चन्दले ब्राजिली फुटबल हस्ती रोनाल्डिन्होसँग खेल्न पाउनु आफ्नो लागि ठूलो अवसर भएको बताएका छन् ।आइतबार आफ्नो फेसबुक एकाउन्टमार्फत रोनाल्डिन्होसँगको फोटो सेयर गर्दै उनले उक्त कुरा व्यक्त गरेका हुन् ।
उनले लेखेका छन्, ‘महान् फुटबलर रोनाल्डिन्होसँग एकै मैदानमा खेल्न पाउनु एक अनौठो अनुभव हो । मैले कहिल्यै सोचेकै थिइन यस्तो पनि होला भनेर, उनले मैदानमा गर्ने जादु हेरेर हुर्किएको, उनीसँगैै खेल्न पाउनु निकै ठूलो अनुभव र भाग्य हो ।’रोहित लामो समयदेखि इन्डोनेसियामा व्यवसायिक फुटबल खेल्दै आइरहेका छन् । उनले यस सिजन पेर्सिक केडिरी एफसीमा आबद्ध भएर खेलिरहेका छन् ।
गत हप्ता रोहित सम्मिलित पेर्सिक केडिरी एफसीले रेन्स नुसनतारा एफसीलाई टाइब्रेकरमा पराजित गर्दै मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि जितेको थियो ।