आज सुन मूल्य १ सयले र चाँदीको मूल्य सामान्य वृद्धि

[sharethis-inline-buttons]

आषाढ २१ । आजको मूल्य १ सयले वृद्धि भएको छ । आज छापावाला सुनको मूल्य ९७ हजार ६ सय कायम भएको छ । हिजो छापावाला सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । हिजो ९७ हजार प्रतितोलामा कारोबार भएको तेजावी सुन आज १ सयले बढेर ९७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताए ।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ५ मा कारोबार भईरहेको छ । हिजो चाँदी प्रतितोला १ हजार २ सयमा कारोबार भएको थियो


प्रकाशित : २०७९ असार २१, मंगलवार १२:५५