अश्लील भिडियो राखेको आरोपमा युट्युब सञ्चालक पक्राउ

[sharethis-inline-buttons]

असार २२, काठमाडौं । प्रहरीले एक जना युट्युब सञ्चालकलाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयको साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरी टोलीले बेलकोटगढी–७ घर प्रवेश लामा पक्राउ परेको हुन ।पक्राउ पर्नेमा काठमाडौंको बौद्ध बस्ने २२ वर्षीय प्रवेश लामा पक्राउ गरेको हो ।

लामा ‘४ रियल टिभी’ नामक युट्युबका सञ्चालक हुन् । उनले यही च्यानलमा अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाएकोले विद्युतीय कारोबार ऐन, २०६३ कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।लामालाई जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरील जनाएको छ ।


प्रकाशित : २०७९ असार २२, बुधबार १२:११