आज सुनको मूल्य १४ सयले घट्यो

[sharethis-inline-buttons]

 

असार २३ गते २०७९। आज सुनको मूल्य तोलामा १४ सय रुपयाँले घटेको छ । आज छापावाल सुनको मूल्य ९४ हजार ६ सय रुपैयाँ, तेजावी सुनको मूल्य ९४ हजार १ सय रुपैयाँ र चाँदीको मूल्य ११ सय ८५ रुपैयाँ तोकिएको छ ।बुधबार प्रतितोला छापावाला सुन ९६ हजारमा कारोबार भएको थियो भने तेजाबी सुन ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । हिजो पनि सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँले घटेको थियो ।
आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । चाँदी आज ११ सय ८५ रुपैयाँ रुपैयाँमा कारोबार भइरहेको छ ।

 


प्रकाशित : २०७९ असार २३, बिहीबार १३:४३