असार २३ गते २०७९ । रुपन्देहीको दानापुर अर्थात् गजेडी तालमा डुबेर एक जनाको मृत्यु भएको छ । रुपन्देहीको सैनामैना नगरपालिका–८ बाँसगढीका ४१ वर्षीय कमल प्रसाद पाण्डे रहेको प्रहरीले बताए । पाण्डे मंगलबार साँझ कञ्चन गाउँपालिका–१ दानापुरस्थित दानापुर तालमा डुबेका पाण्डेको शव बुधबार विहान भेटिएको प्रहरीले बताए । मृतक पाण्डेमा मुटु सम्बन्धी समस्या रहेको र तालमा जाँदा डुबेको हुन सक्ने प्रहरीले बताए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।




















