वीरगञ्जमा २७० किलो गाँजासहति २ जना भारतीय पक्राउ

[sharethis-inline-buttons]

असार २३, वीरगञ्ज । वीरगञ्जमा २७० किलो गाँजासहति २ जना पक्राउ परेको छन् ।पक्राउ पर्नेमा भारत बिहार जिल्ला महोत्तरी ग्राम सेमरी वडा नं। ११ बस्ने २७ वर्षीय विजेशकुमार यादव र बिहार पूर्वी चम्पारणका ५० वर्षीय धर्मेन्द्र यादव पक्राउ परेका हुन् ।
वीरगञ्ज महानगरपालिका २१ परवानीपुरको बाटो हुँदै लागु औषध गाजा ओसार पसार भइरहेको सूचनाको आधारमा बिहीबार बिहान साढे ८ बजे गाजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए ।युपी २१ एएन ९९५७ नम्बरको ट्रक रोकेर चेकजाँच गर्दा २७० किलो गाजा बरामद गरिएको र उनीहरु विरुद्ध लागु औषध सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको उनले बताए ।


प्रकाशित : २०७९ असार २३, बिहीबार १५:१३