आज सेयर बजार नेप्से ३४.७१ अंकले घट्यो

[sharethis-inline-buttons]

आसार २४, काठमाडौं । आज शुक्रबार सेयर बजार नेप्से परिसूचक १.७१ प्रतिशतले घटेको छ । शुक्रबार नेप्से ३४.७१ अंकले घट्दा १९९२.६१ बिन्दुमा बन्द भएको हो । व्यापार, होटल तथा पर्यटन र वित्त कम्पनी उपसूचक ३ प्रतिशत भन्दा माथिले घटेको छ ।आज बजारमा शुक्रबार १ अर्ब १६ करोड ८४ लाख ५१ हजार रुपैयाँको कारोबार भएको छ । शिवम् सिमेन्टको सर्वाधिक ५ करोड ५९ लाख ८४ हजार कारोबार हुँदा युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावर कम्पनीको ३ करोड ९७ लाख ६७ हजारको कारोबर भएको छ।

शुक्रबार बजारमा १९० कम्पनीको सेयर कारोबार भएकोमा १७६ कम्पननीको सेयर मूल्यमा गिरावट हुँदा १४ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । ग्लोबल आईएमई समुन्नती स्किल १, नबिल स्किल फण्ड लगायको मूल्य धेरै बढेका छन् । यता हिमालयन उर्जा विकास कम्पनीको सेयर मूल्य सर्वाधिक ५।४४ प्रतिशतले गिरावट हुँदा बलेफी हाइड्रो पावर, हिमाल दोलखा हाइड्रो पावर, बेष्ट फाइनान्स लगायतका कम्पनीको सेयर मूल्य धेरै घटेको छ ।


प्रकाशित : २०७९ असार २४, शुक्रबार १५:४६