
असार २६, काठमाडौं ।आज सुनको मूल्यमा २०० रुपैयाँ बढेको छ । आइतबार छापावाल सुनको प्रतितोला मूल्य ९४ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मुल्यमा १० रुपैयाँले बढेको छ ।आइतबार चाँदी प्रतितोला १ हजार १८५ रुपैयाँले कारोबार भइरहेको छ । शुक्रबार चाँदीको प्रतितोला मूल्य १ हजार १७५ रुपैयाँ थियो ।