असार २८ गते २०७९ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी ९सीपीसी०का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । आइतबार नेपाल आएको लिउ नेतृत्वको टोलीले प्रधानमन्त्री, परराष्ट्रमन्त्री र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरिसकेको छ ।आज बिहान ओली निवास बालकोटमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा दुई देशबीचको सम्बन्ध, दुई पार्टीबीचको सम्बन्ध, बीआरआई एवं आपसी हितका विषयमा छलफल भएको बताइएको छ । उक्त टोलीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने र सोही दिन स्वदेश फर्कने कार्यक्रम छ ।



















