सेयर बजारमा ११.६८ अंकले बढेको, बजार १९२७.२८ बिन्दुमा

[sharethis-inline-buttons]

असार २८, काठमाडौं ।आज मंगलबार ११.६८ अंकले बढेको बजार १९२७.२८ बिन्दुमा रोकियो ।कुल २२६ कम्पनीको ३० हजार ६९६ वटा कारोबारबाट ४९ लाख ६७ हजार ५६१ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ अर्ब ७० करोड ७७ लाख ५२ हजार ९७८ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकममा समेत सोमबारको तुलनामा वृद्धि देखिएको छ । मंगलबार सबै उपसमूहमा हरियाली देखियो । सबैभन्दा धेरै होटल र पर्यटन उपसमूहका लगानीकर्ताले कमाए ।

मंगलबार सप्तकोशी विकास बैंकको मूल्य सबैभन्दा धेरै ९।३५ प्रतिशतले बढेर २३४ रुपैयाँ पुगेको छ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट, यूनाइटेड इन्स्योरेन्स, सनराइज फस्ट म्यूचअल फण्ड, अरुण काबेली पावरसहितका कम्पनीको मूल्य धेरैले बढेको छ । यस दिन नयाँ सारथी लघुवित्त वित्तीय संस्था, आरबीबी म्यूचअल फण्ड, नविल इक्विटी फण्डलगायतको मूल्य भने धेरैले घटेको छ । अरुण काबेली पावरको सबैभन्दा धेरै कारोबार भयो ।


प्रकाशित : २०७९ असार २८, मंगलवार १६:२०