सुनको मूल्यमा प्रतितोला ३ सय बढ्यो

[sharethis-inline-buttons]

असार ३० , काठमाडौं । आज सुनको मूल्यमा प्रतितोला ३ सय वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य ९४ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९४ हजार एक सय रुपैयाँ तोकिएको छ । बुधबार छापावाल सुन प्रतितोला ९४ हजार ३ सय र तेजावी सुनको मूल्य ९३ हजार ८ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य तोलामा १० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसारप्रतितोला १ हजार १८० रुपैयाँ तोकिएको छ । बुधबार चाँदी प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।


प्रकाशित : २०७९ असार ३०, बिहीबार १३:५३