आज नेप्से बजारमा २ हजार माथि, २ अर्ब ४१ करोडको कारोबार

[sharethis-inline-buttons]

असार ३०, काठमाडौं । आज बिहीबार दिनभर उतारचढाव देखिएको नेप्से बजार १४.७१ अंक ९०.७४ प्रतिशत० ले बढेर २००१.५३ बिन्दुमा रोकिएको छ । गत शुक्रबार दुई हजार अंकबाट तल झरेको नेप्से बिहीबार पुनः २ हजार माथि पुगेको हो ।

नेप्सेसँगै होटल र निर्जीवन बीमाबाहेक सबै उपसूचकमा वृद्धि भएको छ । हाइड्रोपावर उपसूचक सर्वाधिक २।०४ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक १।६१ प्रतिशतले वृद्धि भएको छ ।बिहीबार बजारमा २ अर्ब ४१ करोड १८ लाखको कारोबार भएको छ । कारोबारमा आएकामध्ये एनआईसी एशिया बैंकको सर्वाधिक ३० करोड १९ लाखको सेयर किनबेच भएको छ । यस्तै अपर तामोकोशी हाइड्रोपावरको १४ करोड १४ लाखको कारोबार भएको छ ।

बिहीबार लगानीकर्ताको आकर्षणमा सामूहिक लगानी कोषको इकाइ पर्दा धेरै मूल्य बढ्ने ५ वटाको सूचीमा सामूहिक लगानी कोषका इकाइहरु परेका छन् । सूचीकृत कम्पनी मध्ये अपर तामाकोशीको सर्वाधिक ७।१४ प्रतिशतले सेयरमूल्य वृद्धि हुँदा रिभर्स फल्स पावर लिमिटेडको सेयरमूल्य ६।३९ प्रतिशतले बढेको छ । यता प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य सर्वाधिक ५।०१ प्रतिशतले गिरावट हुँदा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ३।३१ प्रतिशत र समिट लघुवित्तको सेयरमूल्य ३।०१ प्रतिशतले गिरावट भएको छ ।
१८२ कम्पनीको सेयर कारोबार भएकोमा ११६ कम्पनीको सेयरमूल्य बढेको छ भने ५५ कम्पनीको सेयरमूल्य घटेको छ । यस्तै ११ सूचीकृत कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।


प्रकाशित : २०७९ असार ३०, बिहीबार १६:१७