तिलोत्तमामा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गुल्मीको धुर्कोट गाँउपालिका–५ घर भई पश्चिमाञ्चल सोलुशन ईन्टरनेट प्रालि कम्पनीमा काम गर्ने २२ वर्षीय प्रदिप भण्डारी रहेको प्रहरीले जनाएको छ । उनि शनिबार दिउँसो तिलोत्तमा नगरपालिका–६ मणिग्राम स्थित एक घरमा ईन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए ।
भण्डारीको उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ




















