फाइजर खोप ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई ७३ प्रतिशत प्रभावकारी

[sharethis-inline-buttons]

लुदअ, भदौ १०
कोरोना भाइरसविरुद्ध प्रयोग हुँदै आएको फाइजर खोप पाँच वर्षभन्दा कम उमेरका बालबालिकाका लागि पनि प्रभावकारी भएको पाइएको छ ।

फाइजर आफैँले गरेको अध्ययनबाट ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकामा ७३ प्रतिशत प्रभावकारी रहेको पाइएको हो ।

यो खोप लगाएका ७३ प्रतिशत बालबालिकालाई कोरोना भाइरसको सङ्क्रमण हुनबाट बचाएको दाबी गरिएको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासनले आपत्कालीन अवस्थामा मात्रै यो खोप लगाउन सिफारिस गरेको थियो ।

अध्ययनले खोप प्रभावकारी देखिएपछि बालबालिकालाई खोप लगाउन प्रेरित गर्न सुझाव समेत दिएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । पछिल्लो अध्ययनले खोपलाई निरन्तरता दिँदै विस्तार गर्न थप उत्प्रेरित गर्ने भएको छ ।

स्वास्थ्य अधिकारीहरूले आपत्कालीन अवस्थामा मात्रै पाँच वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई खोप लगाउन सुझाव दिने गरे पनि अब भने यो खोप सबैलाई नियमित रुपमा लगाउन फाइदाजनक नै हुने देखाइएको छ ।


प्रकाशित : २०७९ भाद्र १०, शुक्रबार ०७:२३